सामग्री चेतावनी: तलको कथामा आत्म-हानि र निराशासम्बन्धी विषयहरू छन्, जुन केही पाठकहरूका लागि कष्टकर हुन सक्छ।

एलिस सोह्र वर्षकी हुँदा, उनी पीडा र क्षतिमा फसेको महसुस गर्थिन्, निराशा र एक्लोपनले थिचिएकी थिइन्।
आशाहीनताको भावना बढ्दै जाँदा, एक रात उनले आफ्नो ज्यान लिने निर्णय गरिन्। अनि त्यही बेला अव्याख्येय कुरा भयो।
आफ्नो अग्लो अपार्टमेन्टको छेउमा उभिँदा, अचानक आएको बतासको झोंकाले उनलाई अगाडि खस्नुको सट्टा पछाडि आफ्नै कोठाभित्र लडाइदियो।
भुइँमा लडिरहँदा, स्तब्ध र रुँदै गरेकी अवस्थामा, एलिसले आफ्नी छिमेकीबाट चर्चमा आउने निम्तो सन्देश पाइन्। उनी जान राजी भइन्, र त्यहीँ उनले पहिलो पटक बाइबल एप थाहा पाइन्।

उनले बाइबल योजना सुरु गरिन् र त्यसमार्फत उनले आशाको अनुभव गरिन् अनि आफ्नो जीवन येशू लाई सुम्पिन्।
आज, एलिसले येशूसँग उनको परिचय गराउने त्यही एपमार्फत YouVersion पार्टनरको रूपमा बाइबल योजनाहरू बनाउँछिन् र प्रकाशित गर्छिन्। उनी आशाले भरिएकी मात्र छैनन् — उनी यो आशा फैलाइरहेकी छन्।
तपाईंको जीवनमा कोही यस्तो व्यक्ति हुनुहुन्छ जसलाई परमेश्वरको अत्यन्तै खाँचो छ? उहाँहरूलाई बाइबल एपसँग परिचित गराउनुहोस्, र परमेश्वरसँग उहाँहरूलाई आशाले भरिदिन प्रार्थना गर्नुहोस्।
यो पोष्ट : … भाषामा पनि उपलब्ध छ
