बाइबल जीवित छ

बाइबल जीवित छ

किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

हिब्रू 4:12

बाइबल जीवित छ

Share this post:

भजनसंग्रह 23: परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ

भजनसंग्रह 23: परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ

1  
परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।

2  
उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ।

3  
उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।

4  
मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।

5  
मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।

6  
निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

Psalm 23 in Nepali

Psalm 23 in English

Share this post:

बाइबल अनुप्रयोग अहिले नै डाउनलोड गर्नुहोस्

बाइबल अनुप्रयोग अहिले नै डाउनलोड गर्नुहोस्

पवित्र बाइबल – १००% निःशुल्क।


बाइबल अनुप्रयोग अहिले नै डाउनलोड गर्नुहोस्

बाइबल पढ्नुहोस् – आफ्नो बाइबल अनुप्रयोगको इन्टरफेसलाई ४० भन्दा बढी भाषाहरू मध्ये आफ्नो रोजाई अनुसार सेट गर्नुहोस्। १००० वटा भन्दा बढी भाषाहरूका सयौं संख्याका बाइबलका संस्करणहरू मध्ये सजिलै चयन गर्नुहोस्।

बाइबल अनुप्रयोग अहिले नै डाउनलोड गर्नुहोस्

Share this post:

कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, उसले आफूलाई इन्‍कार गरोस्‌ र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌

कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, उसले आफूलाई इन्‍कार गरोस्‌ र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌

येशूले त्‍यसलाई हेर्नुभयो, र त्‍यसलाई माया गरेर भन्‍नुभयो, “तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ, र तिम्रा जे-जति छन्‌ बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्‍वर्गमा सम्‍पत्ति मिल्‍नेछ। अनि आएर मेरो पछि लाग।” तर यस कुराले त्‍यसको अनुहार उदासिलो भयो, र त्‍यो दुःखित भएर गइहाल्‍यो, ’cause त्‍यससित धेरै धन-सम्‍पत्ति थियो।

मर्कूस 10:21-22

तब उहाँले आफ्‍ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस मपछि लाग्‍ने इच्‍छा गर्दछ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्दछ, त्‍यसले त्‍यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्‍ति आफ्‍नो प्राण गुमाउनेले त्‍यो बचाउनेछ।

मर्कूस 8:34-35

जो आफ्‍नो क्रूस उठाएर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो योग्‍यको हुँदैन।

मत्ती 10:38

म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो।

गलाती 2:20

तब उहाँले सबैलाई भन्‍नुभयो, “कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्छ, त्‍यसले त्‍यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो बचाउनेछ। किनकि सारा जगत्‌ प्राप्‍त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्‍छ र?

लूका 9:23-25

“हे पिता, तपाईंको इच्‍छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर मेरो इच्‍छा होइन, तपाईंकै इच्‍छा पूरा होस्‌।” तब स्‍वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे।

लूका 22:42-43

तर तिनीहरू, जो ख्रीष्‍ट येशूका हुन्, तिनीहरूले पापमय स्‍वभावलाई त्‍यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्‌।

गलाती 5:24

तब येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, उसले आफूलाई इन्‍कार गरोस्‌ र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउन चाहन्‍छ, उसले त्‍यो गुमाउनेछ, तर जसले आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउँछ, त्‍यसले त्‍यो पाउनेछ। सारा जगत्‌ प्राप्‍त गरेर पनि आफ्‍नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ? किनकि मानिसको पुत्र आफ्‍ना पिताको महिमामा आफ्‍ना स्‍वर्गदूतहरूसँग आउनेछ, र त्‍यस बेला उसले हरेक मानिसलाई त्‍यसको कामअनुसार प्रतिफल दिनेछ।

मत्ती 16:24-27

म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।

रोमी 8:18

त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

याकूब 1:12

Share this post:

म संसारको ज्‍योति

म संसारको ज्‍योति

येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म संसारको ज्‍योति हुँ। मलाई पछ्याउने अन्‍धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्‍यसले जीवनको ज्‍योति पाउनेछ।”


यूहन्‍ना 8:12

अन्‍धकारमा हिँड्‌ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युको छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ।


यशैया 9:2

परमप्रभु मेरो ज्‍योति र मेरो मुक्ति हुनुहुन्‍छ, मैले कसको भय मान्‍नु? परमप्रभु नै मेरो जीवनको किल्‍ला हुनुहुन्‍छ, कोसँग म भयभीत हुनु?


भजनसंग्रह 27:1

जुन परमेश्‍वरले “अँध्‍यारोबाट ज्‍योति चम्‍कोस्‌” भन्‍नुभयो, उहाँ हाम्रा हृदयमा चम्‍कनुभएको छ, ताकि परमेश्‍वरका महिमाको ज्ञानको ज्‍योति ख्रीष्‍टको मुहारमा चम्‍कोस्‌।


२ कोरिन्थी 4:6

यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्‍मा धार्मिकताको कारणले जिउँदा हुन्‍छन्‌। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।


रोमी 8:10-11

किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर


एफिसी 5:8

तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन। यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।


१ यूहन्‍ना 1:7-9

“तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ। यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।


मत्ती 5:14-16

त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।


यूहन्‍ना 1:5

Share this post: