परमेश्वरका हातहतियार
एफिसी 6:10-18
10
अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ।
11
दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर।
12
किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
13
यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।
14
यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ
15
र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16
साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।
17
मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
18
सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।
प्रेम सहनशील हुन्छ र दयालु हुन्छ।
4
प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5
प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
6
प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7
प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
8
प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
9
हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10
तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11
जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12
अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13
अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
क्रिसमस बाइबल वर्सेस
मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ

2
मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।
3
किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ।
4
धैर्यलाई त्यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण होओ।
5
तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ।
6
तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
7
त्यस्तो मानिसले यो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।
8
किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ।
9
दीन अवस्थाको भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्
10
र धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्तै ओइलिजानेछ।
11
’cause डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्छ। फूल झर्छ र त्यसको शोभा नष्ट हुन्छ। त्यसरी नै धनी मानिस पनि आफ्नै कामधन्धामा नष्ट भएर जान्छ।
12
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

