आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ

आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ

1  
दुष्‍टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ

2  
किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्‌, र हरिया बिरुवाजस्‍तै ओइलिजानेछन्‌।

3  
परमप्रभुमा भरोसा राख र भलाइ गर, त्‍यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ।

4  
परमप्रभुमा आनन्‍दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।

5  
आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ

6  
उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्‍योतिसमान र तिम्रो मामिलाको न्‍याय मध्‍यदिनको सूर्यसमान पार्नुहुनेछ।

7  
परमप्रभुको सामुन्‍ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्‍ना कुमार्गमा फलिफाप हुँदा र त्‍यसले खराब युक्तिहरू कार्यान्‍वयन गर्दा तिमी झर्को नमान।

8  
रिसाउन छोड र क्रोधलाई त्‍याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्‍काउँछ।

9  
किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌।

10  
अलिक बेरपछि दुष्‍टहरू रहनेछैनन्‌, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्‌।

11  
तर नम्रहरूले देश अधिकार गर्नेछन्‌, र ठूलो शान्‍ति उपभोग गर्नेछन्‌।

Psalm 37 in Nepali

Psalm 37 in English

वर्गहरुवर्गविहीन