आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ

आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ

1  
दुष्‍टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ

2  
किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्‌, र हरिया बिरुवाजस्‍तै ओइलिजानेछन्‌।

3  
परमप्रभुमा भरोसा राख र भलाइ गर, त्‍यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ।

4  
परमप्रभुमा आनन्‍दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।

5  
आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ

6  
उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्‍योतिसमान र तिम्रो मामिलाको न्‍याय मध्‍यदिनको सूर्यसमान पार्नुहुनेछ।

7  
परमप्रभुको सामुन्‍ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्‍ना कुमार्गमा फलिफाप हुँदा र त्‍यसले खराब युक्तिहरू कार्यान्‍वयन गर्दा तिमी झर्को नमान।

8  
रिसाउन छोड र क्रोधलाई त्‍याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्‍काउँछ।

9  
किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌।

10  
अलिक बेरपछि दुष्‍टहरू रहनेछैनन्‌, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्‌।

11  
तर नम्रहरूले देश अधिकार गर्नेछन्‌, र ठूलो शान्‍ति उपभोग गर्नेछन्‌।

Psalm 37 in Nepali

Psalm 37 in English

Share this post:

अब तपाईंका छोराछोरीले नेपालीमा बाल बाइबल एप अनुभव गर्न सक्छन्!

बाल बाइबल एप

आज, हाम्रो साझेदार OneHope संगै मिलेर बाल बाइबल एप नेपाली भाषामा उपलब्ध गराउन पाउँदा अति खुशी छौं। अब अझ धेरै बालबालिका हरूले आफै आफ्नो बाइबल संग अनुभब गर्ने मौका पाउने छन्।

एप सेटिंङ्ग मा गएर, भाषाहरू एक देखि अर्कोमा बदल्न सजिलो छ:

  1. तपाइले सभन्दा नयाँ भर्सन को एप अपडेट गरेको हो भनि पक्का गर्नुहोस।
  2. एप खोल्नुहोस र गियर आइकन् मा ट्याप गर्नु होस् अब तपाईंका छोराछोरीले नेपालीमा बाल बाइबल एप अनुभव गर्न सक्छन्!.
  3. भाषाहरू ट्याप गर्नुहोस् र तपाइँले चाहानु भएको रोज्नुहोस्।

अडियो अब त्यो भाषामा बज्ने छ र कुनैपनि अक्षर पनि त्यहि भाषामा देखिने छ!

कृपया यो खुशीको खबर को उत्सव मनाउन हामीलाइ सहयोग गर्नुहोस!

FacebookFacebook मा शेयर गर्नुहोस्
TwitterTwitter मा शेयर गर्नुहोस्
Emailइमेल द्वारा शेयर गर्नुहोस्


बाल बाइबल एप येशू

बाल बाइबल एपको ’boutमा

OneHope संगको सहकार्यमा बिकाश भएको बाल बाइबल एप YouVersion द्वारा बनाइएको हो, जो बाइबल एप बनाउने संस्था हो. बालबालिकाहरूलाइ मनपर्ने बाइबलको अनुभब बटुल्न सकुन भनि, बाल बाइबल एप अहिले सम्म 25 मिलियन एप्पल, एन्ड्रोइड, र किन्डल डिभाइसमा इन्स्टल गरिएको छ, र यो संधै पूर्णरूपमा निशुल्क हो। संसारभरिका बालबालिकाहरू आज नेपाली लगाएत 41 भाषाहरूमा भरपुर आनन्द लिईरहेका छन्।

App Store Google Play Amazon
Share this post: